अन्नपूर्णमा हराएका ७ जनाको अवस्था अझै अज्ञात

कास्की, ६ माघ । अन्नपूर्ण क्षेको पदयात्राको क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ४ कोरियन र ३ नेपालीको अवस्था अझै अज्ञात छ । ३ हजार २ सय मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन भएका थिए ।

घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार, सहयोगी मीनबहादुर लामा र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ ।

घटनास्थल वरपर अहिले पनि हिउँ पर्ने क्रम जारी छ । हराइरहेका आफन्तसमेत घटनास्थलतर्फ गएका छन् । कोरियन नागरिकका आफन्तको टोलीसमेत आइतबार पैदलयात्रामार्फत घटनास्थलतर्फ लागेको छ ।

६ माघ २०७६, सोमबार ०९:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..