आस्थाले भनिन्, ‘म माफी माग्न तयार छु, प्लिज फरार नभन्दिनोस्’

काठमाडौँ, ५ माघ । गायिका आस्था राउतलाई महिला प्रहरीमाथि दुर्व्यवहार गरेको उजुरीमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले उनलाई फरार सूचीमा राखेको छ । सिक्किम पुगेकी आस्थाले पक्राउ पुर्जी जारी भएको र आफूलाई फरार भनेर किटानी गरिएपछि आफू फरार नरहेको दाबी गरेकी छिन् ।

‘म फरार भएकी छैन, म सिक्किम आउदा ममाथि यो दुर्व्यवहार भएको हो । मेरो यहाँको कार्यक्रम सक्किएपछि नेपाल फर्किन्छु’ आस्थाले भनिन् । गायिका राउतले आफूमाथि विमानस्थलमा महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा प्रहरीलाई गाली गर्दै भिडियो पोष्ट गरेकी थिइन् । तर ती महिला प्रहरीले उल्टै राउतले नै दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि काठमाडौँ प्रशासनले राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति प्रदान गरेको हो ।

भिडियोमा बोलेका शब्दबारे उनले माफी मागेकि थिइन् । ‘आवेशमा आएर प्रहरी संगठनको सम्मानमा आँच पुग्ने केही शब्दहरु बोलेकी थिएँ । त्यो गल्तीका लागि मैले माफी मागिसकेँ’ उनले भनिन्, म फेरि पनि माफी माग्न तयार छु । तर तर, प्लिज मलाई फरार नभन्दिनोस् ।’

५ माघ २०७६, आईतवार १५:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने अभिव्यक्ति दिएपछि भारतमा..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..

थप ३ नीजि प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्ने अनुमति

काठमाडौँ, २९ असार । सरकारले थप तीन निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न अनुमति दिएको..

सम्झना भानुको:२०७ औ भानुजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती कोरोनाका महामारीबिच आज देश तथा विदेशका विभिन्न..

पहिरोमा पुरिएर तनहुँमा २ जनाको मृत्यु, ५ वेपत्ता

तनहुँ, २९ असार । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको..