२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोजमा २५ दिन मलमास परेका कारण चाडपर्वहरु पछि धकेलिएको जनाएको छ ।

दशैँ कात्र्तिकमा, तिहार मंसिरमा

२०७७ सालमा दशैँको घटस्थापना कार्तिक १ गते परेको छ । ७ गते फुलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजय दशमी परेको छ ।

कार्तिकको २८ गते कागतिहार, २९ गते विहान कुकुर तिहार, सोही दिन बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन पूजा र मंसिर १ गते भाइटीका परेको छ ।

विवाहका लगन घटे

२०७७ सालमा विवाहका लगन र ब्रतबन्धका साइत समेत घटेका छन् । चालु वर्ष २०७६ सालमा ३० दिन विवाहको लगन रहेकोमा २०७७ मा १५ दिन मात्रै विवाहका लगन परेका छन् ।

२०७७ मा ब्रतबन्धको साइत जम्मा ५ दिन मात्रै छ ।

नयाँ पात्रो समितिले गत पौष २९ गतेबाटै बजारमा सार्वजनिक गरिसकेको छ । समितिले तोयनाथ, नरनाथ, तारकेश्वर, बाबुराम, हिमाल, अठोला, सूर्य, आकाश दर्शन, बाबा गोरखनाथ, बगलामुखी, शुभ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रोलाई स्वीकृति दिईएको जनाएको छ ।

५ माघ २०७६, आईतवार १५:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..