बेल्जियमकी राजकुमारी अस्त्रिद काठमाडौँमा

काठमाडौँ, ५ माघ । बेल्जियमका राजा फिलिपकी बहिनी राजकुमारी अस्त्रिद नेपाल भ्रमणमा आएकी छिन् । राजकुमारी अस्त्रिदलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरेका छन् ।

एक साता लामो बसाइँमा राजकुमारी अस्त्रिदले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतसँग भेटवार्ता गर्नेछिन् ।

उनी कैलाली, नवलपरासी र चितवन पनि पुग्ने छिन् । कैलालीमा उनले एक नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कुष्टरोग तथा क्षयरोग भएका बिरामीलाई भेट्ने र नवलपरासीको मध्यविन्दु अस्पतालमा पनि क्षयरोगका बिरामीलाई भेट्ने कार्यक्रम छ ।

यी दुई अस्पताल राजकुमारी अस्त्रिद मानार्थ रहेको डेमिन फाउन्डेसनले बनाएको हो । उनी नेपाल भ्रमण सकेर माघ ११ गते स्वदेश फर्कनेछिन् ।

५ माघ २०७६, आईतवार १४:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ, १४ जेठ । बुधबार एकैदिन थप ११४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६..

जातीय विभेदको पराकाष्ठ रुकुम घटना

कालीकोट घटना:२०६८ सालमा चुलो छोएको निहुँमा कालीकोटमा मन बहादुर सुनारको हत्या भएको थियो । त्यसैगरि नरहरिनाथ..

संविधान संशोधन विधेयक बुधबार पेश हुने

काठमाडौँ, १३ जेठ । संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश हुने भएको छ । सरकार र संसद सचिवालय यो विधेयक..

कोरोना संक्रमित भेटिएपछि काठमाडौँको टोखा क्षेत्र सिल

काठमाडौँ, १३ जेठ । काठमाडौँको टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा..

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै के भने ? (पूर्णपाठ)

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । कोरोना भाइरसको संक्रमणको..