योजनाको रकम निकासा नगरेपछि मुख्यमन्त्री र मन्त्रीको फोटोमा जुत्ता प्रहार

जनकपुर, ३ माघ । सम्पन्न योजनाको भूक्तानी नदिएको भन्दै २ नम्बर प्रदेशका विभिन्न योजना निर्माणका उपभोक्ता समिति आन्दोलित भएका छन् । उनीहरुले आर्थिक बर्ष २०७५/७६ मा सम्पन्न योजनाको भुक्तानी नपाएको भन्दै मुख्यमन्त्री र मन्त्रीहरुको फोटो भएको ब्यानर टाँगेर जुत्ता प्रहार गरेका छन् ।

नयाँ आर्थिक वर्षको ६ महिना सकिँदा समेत भुक्तानी नपाएको भन्दै उपभोक्ता समितिका पदाधिकारीहरुले जनकपुरधामको जिरोमाइल चोकमा मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकासमन्त्री नवलकिशोर साहको फोटो टाँगेर जुत्ता प्रहार गरेका हुन् ।

फोटोमा जुत्ता प्रहार भएपछि प्रहरीले रोशन सिंह राणा, विमलेश ठाकुर, शंकर साहलगायतलाई पक्राउ गरेको छ ।

गत आर्थिक वर्षमा सम्पन्न योजनाको प्रदेश सरकारले भूक्तानी नदिएपछि प्रदेश भरीका ८ वटै जिल्लाका उपभोक्ता समितिका पदाधिकारीहरु संघर्ष समिति नै बनाएर आन्दोलित छन् । आर्थिक बर्ष २०७५/७६ का योजनाको ९१ करोड रकम भूक्तानी बाँकी छ ।

३ माघ २०७६, शुक्रबार १५:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट काठमाडौं आउँदा बा ४..

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..