भारतीय गुप्तचरले भन्यो, ‘आतंकवादीहरु नेपाल हुँदै छिर्न सक्छन्’

एजेन्सी, ३ माघ । भारतले नेपालसँगको सीमा क्षेत्रमा सुरक्षा प्रवन्ध कडा बनाएको छ । नेपालको बाटो हुँदै आतंककारीहरु छिर्न सक्ने खतरा रहेको भन्दै भारतले सीमा क्षेत्रमा सुरक्षा ब्यबस्था कडा बनाएको हो । भारतीय गुप्तचर विभागले नेपाली भुमी हुदै आतंककारीहरु भारत प्रवेश गर्न सक्ने खतरा रहेको भनेपछि भारत सरकारले नेपालसँगको सीमा क्षेत्रमा सुरक्षा प्रवन्ध कडा बनाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतीय गुप्तचर विभागले लश्कर ए तैयबा, इंडियन मुजाहिदीन र सिमी जस्ता आतंकवादी संगठन भारत प्रवेश गर्ने र भारतमा आक्रमण गर्ने योजना बनाएको रिपोर्ट बुझाएको थियो । भारतमा गणतन्त्र दिवस नजिएको, नागरिकता विधयेक बिरोधि आन्दोलन भईरहेको र केही समय अगाडी नेपालको बाटो हुँदै भारत छिर्न लागिरहेको अवस्थामा केही संदिग्ध व्यक्तिहरु पक्राउ समेत परेकोले सीमामा सुरक्षा ब्यबस्था कडा बनाईएको भारतले जनाएको छ ।

२६ जनवरीसम्म सुरक्षा जांच कडा बनाउने सविकको भन्दा धेरै जनशक्ति परिचालन गरिएको छ ।

३ माघ २०७६, शुक्रबार १५:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट काठमाडौं आउँदा बा ४..

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..