चीनबाट आएका विद्यार्थीमा कोरोना भाइरसको परीक्षण

काठमाडौँ, ३ माघ । चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ । चीनबाट नेपाल आएका विद्यार्थीमध्ये एक जनामा ज्वरो आउने र सास फेर्न गाह्रो हुने लक्षण देखिएपछि शुक्रराज सरुवा रोग अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको हो ।

ती विद्यार्थीलाई तीन दिनसम्म अस्पताल भर्ना गरेर विभिन्न परीक्षण गरिएपनि कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालका चिकित्सक डा. शेरबहादुुर पुनले जानकारी दिए ।

चीनबाट आएका केही विद्यार्थीमध्ये एक जनामा ज्वरो आउने र सास फेर्न गाह्रो हुने लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गरिएको थियो । हाल चीन, जापान, थाइल्याण्ड लगायत देशमा कोरोना भाइरसको संक्रमण बढेको छ ।

३ माघ २०७६, शुक्रबार १३:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..