वर्षाका कारण १३ आन्तरिक उडान रद्द

निरोज कुमार थापा, काठमाडौँ, ३ माघ । बिहीबार बेलुकादेखिको वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । शुक्रबार काठमाडौंबाट देशका विभिन्न स्थानमा हुने उडान रद्द र डिले भएका छन् । यो समाचार तयार पार्दासम्म आन्तरिकतर्फ २ वटा र अन्तराष्ट्रियतर्फ एक गरी जम्मा ३ वटा मात्रै उडान भएका छन् ।

बिहान १०ः०५ बजे एयर इन्डियाको जहाजले दिल्ली उडान गरेको छ भने अन्य अन्तराष्ट्रिय उडान हुन सकेका छैनन् । इन्डिगोको दिल्ली उडान डिले भएको छ । शुक्रबार बिहान नेपाल एयरलाइन्सका ३, हिमालय एयरलाइन्सको १ र इन्डिगोको १ गरी जम्मा ५ अन्तराष्ट्रिय उडान काठमाडौँ एयरपोर्टमा अवतरण भएका छन् ।

आन्तरिकतर्फ भने समिट, सीता र ताराको लुक्ला उडान रद्द भएको छ । बुद्ध र यतीको पनि पोखराबाट हुने उडान डिले भएको छ । बिहान बुद्धले नेपालगञ्ज र यतीले धनगढी उडान गरेका छन् । शुक्रबार आन्तरिक उडान तर्फ काठमाडौँबाट छुट्ने ६ र काठमाडौँ आउने ७ गरी जम्मा १३ उडान रद्द भएका छन् ।

३ माघ २०७६, शुक्रबार ११:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..