पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै भएको छ । यो अवधिमा कुल बजेट खर्च पनि २५.८१ प्रतिशत मात्रै भएको छ ।

आर्थिक वर्षको आधा अवधिमा पुँजीगत खर्च ५८ अर्ब मात्रै भएको छ भने चालु खर्च ३ खर्ब ९ अर्ब भएको छ । सरकारले चालु आर्थिक वर्षको लागि गत जेठ १५ मा १५ खर्ब ३२ अर्ब ९५ करोडको बजेट सार्वजनिक गरेको थियो । कुल बजेटमा ११ खर्ब १२ अर्ब राजश्वबाट स्रोत व्यवस्थापन गर्ने लक्ष्य लिएको सरकारले पौष समान्तसम्ममा ४ खर्ब ३३ अर्ब १५ करोड रुपैयाँ संकलन गरेको छ । यो कुल लक्ष्यको ३८.९५ प्रतिशतमात्रै हो । कर राजश्व ३ खर्ब ९१ अर्ब ९७ करोड र गैरकर राजश्व ४१ अर्ब १८ करोड छ ।

एक महिनामा राजश्व संकलन ११ प्रतिशतले वृद्धि हुँदा बजेट खर्च ६ प्रतिशतले मात्रै बढेको छ । गत मंसिर मसान्तमा सरकारको बजेट खर्च १९.४८ प्रतिशत थियो । पुँजीगत खर्च ९.०५ प्रतिशत, चालु खर्च २५.८ प्रतिशत र वित्तीय व्यवस्था खर्च ८.४४ प्रतिशत थियो ।

पौष २९ गते एकै दिन ४५ अर्ब राजश्व उठेको छ । पुष २८ गतेसम्म ४ खर्ब १४ अर्ब राजश्व संकलन गरेकामा पुष २९ गते ४ खर्ब ५९ अर्ब पुगेको छ । आर्थिक वर्षको आधा अवधिको अन्तिम दिन पुष २९ गते सरकारले ७ अर्बको भुक्तानी दिएको छ ।

१ माघ २०७६, बुधबार ११:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..