क्रिकेट रंगाशालालाई सहयोग जुटाउन महायज्ञ लगाउँदै धुर्मुश

चितवन, २८ पौष । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगाशाला बनाउने सहयाग रकम संकलन गर्न माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । चितवनको रामपुरमा निर्माणाधीन रंगाशालालाई सहयोग रकम संकलन गर्न महायज्ञ लगाउन लागिएको हो । महायज्ञका लागि एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ ।

महायज्ञबाट ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य लिईएको छ । पण्डित दिनबन्धु पोख्रेलले रंगाशाला निर्माणस्थलमै कथा वाचन गर्नेछन् ।

धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मश) का अनुसार मैदान निर्माणका गर्न अन्तराष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ । हाल मैदान निर्माण, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ । रंगाशालामा देशका ७७ वटै जिल्लाबाट विभिन्न कक्षको नामकरण गरिएकोे छ । रंगाशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ ।

२८ पुष २०७६, सोमबार १०:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट काठमाडौं आउँदा बा ४..

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..