आईसीसी वरीयतामा राशिद, हार्दिक र विराटभन्दा पारस अगाडी

काठमाडौँ, २६ पौष । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नयाँ टी–२० को वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्काले चर्चित क्रिकेटरलाई पछि पारेका छन् । अलराउण्डरतर्फ वरीयताको २५ औँ स्थानमा यथावत रहेका पारसले अफगानिस्तानका राशिद खान, भारतका विराट कोहली, भारतकै हार्दिक पाण्डया र दक्षिण अफ्रिकाका क्रिस मोरिसलाई पछि पारेका छन् ।

अफगानिस्तानका राशिद २८ औँ स्थानमा छन् भने भारतका कोहली भने ४१ औँ स्थानमा छन् ।

टी–२० को वरीयतामा पूर्व कप्तान पारससहित नेपालका ४ खेलाडी सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने परेका छन् । अलराउण्डरतर्फ करण ७४ औँ स्थानबाट ७५ औँ स्थानमा झरेका छन् । सोमपाल कामी ६८ औँ स्थानमा पुगेका छन् ।

ब्याटिङको वरीयतामा पारस ६० औँ स्थानमा यथावत रहँदा बलिङतर्फ सन्दीप ८४ औँ स्थानमा यथावत छन् ।

हेर्नुहोस् सूचीः

२६ पुष २०७६, शनिबार १८:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..