मैदानमा झगडा गर्ने खेलाडीलाई एन्फाले गर्‍यो कारबाही

काठमाडौँ, २५ पौष । मैदानमा झगडा गर्ने खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारवाही गरेको छ । एन्फाको अनुशासन समितिले मैदानमै झगडा गर्ने मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबका खेलाडी र टिमलाई कारवाही गरेको हो ।

एन्फाले मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५÷५ खेल र रञ्जन विष्टलाई २ खेलका लागि निलम्बन गरेको छ । मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बन गरेको छ । गजित र अशोकले १० हजार जरिवाना पनि तिर्नुपर्ने भएको छ । अशोकले सोहि दिन रेड कार्ड समेत पाएका थिए ।

एन्फाले टिमको बेञ्चलाई अनुशासनमा राख्न नसकेको भन्दै दुबै टिमलाई ५०÷५० हजार जरिवाना समेत गराउने भएको छ । मनाङका किट्स म्यानेजर शिव लामालाई लिगको बाँकी सबै खेलबाट निलम्बन गर्नुको साथै १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

गत सोमबार यी दुई टोलीबीच भएको खेलमा २÷२ गोल हुँदा खेलको समय सकिएपछि दुवै टोलीका खेलाडीले झगडा गर्न सुरु गरेका थिए ।

२५ पुष २०७६, शुक्रबार १०:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..