ए डिभिजन लिगः एपीएफको पहिलो जित

काठमाडौँ, १७ पौष । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब एपीएफले पहिलो जित हात पारेको छ । आशिष लामाको २ गोलको मद्दतमा एपीएफले सरस्वती युथ क्लबमाथि २–१ को जित निकालेको हो । सरस्वतीका लागि थप गरिएको समयमा विनोद केसीले गोल फर्काए पनि हार टार्न सकेनन् ।

सातदोबाटोस्थित एन्फा कम्लेक्समा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ६३ औं मिनेटमा आशिषले गोल गरेपछि एपीएफले अग्रता बनायो । थप गरिएको समयमा आशिषले नै एपीएफका लागि दोस्रो गोल गरे ।

जितसँगै एपीएफले तालिकामा ३ अंक जोडेको छ । योसँगै एपीएफको ४ अंक भएको छ । एपीएफ यसअघि पहिलो खेलमा मनाङसँग २–० ले हारेको थियो । आफ्नो दोस्रो खेलमा हिमालयन शेर्पासँग १–१ को बराबरी खेलेको एपीएफ तेस्रो खेलमा थ्रिस्टारसँग १–० ले हारेको थियो ।

१७ पुष २०७६, बिहीबार १७:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट काठमाडौं आउँदा बा ४..

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..