भ्रमण वर्षको उद्घाटन आज, यी स्थानमा सवारी आगमन प्रभावित

काठमाडौँ, १६ पौष । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा विभिन्न स्थानबाट निस्कने र्‍याली र भिभिआइपीको सवारीका कारण काठमाडौं उपत्यकाको ट्राफिक अवस्था प्रभावित हुने भएको हो । काठमाडौँमा आज बुधबार दिउँसो २ बजेपछि सवारी आवागमन प्रभावित हुने भएको हो । ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले आज दिउँसो काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने जानकारी दिएका छन् ।

२ बजेपछि ठमेललगायतका क्षेत्रबाट र्‍याली निस्किँदै छ । थापाथली, त्रिपुरेश्वर, कालीमाटी, शहीदगेट, जमल, केशरमहल क्षेत्रको सवारी आवागमन प्रभावित हुने महाशाखाको भनाई छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार अपराह्न ४ बजे दशरथ रंगशालामा उदघाटन गर्ने कार्यक्रम छ छ ।

१६ पुष २०७६, बुधबार १०:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..