सीमा नाप्न कालापानी पुगेको टोलीलाई भारतीय पक्षले रोक्यो

काठमाडौँ, १५ पौष । सीमा नाप जाँच गर्न कालापानी पुगेको नेपाली टोलीलाई भारतले रोकेको छ । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भएको थियो । विरोध पश्चात नेपालले सीमा नाप जाँच गर्न सुरु गरेको थियो ।

मसिंर २७ गते सरकारले नेपाल भारत अन्तर्राष्ट्रिय सीमा निरीक्षण समिति बनाएको थियो । समितिलाई सीमा दुरुस्त रहे नरहेको, अतिक्रमण भएको नभएको, सीमा स्तभ हराए नहराएको तथ्य तीन महिनाभित्र यकिन गर्न समयसीमा दिईएको थियो । तर भूमिसुधारमन्त्री पद्मा कुमारी अर्यालले नापी विभागले सीमा निरीक्षण तथा नापजाँचको काम गर्दा कालापानीमा भारतीय पक्षले अवरोध गरेको जानकारी दिइन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मन्त्री अर्यालले सीमा नाप्दै जाँदा कालापानीमा पुगेपछि भारतीय पक्षबाट अवरोध भएको जानकारी गराइन् ।

१५ पुष २०७६, मंगलवार १७:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..