आज तमु ल्होछार, प्रधानमन्त्रीले दिए शुभकामना शन्देस

काठमाडौँ, १५ पौष । गुरूङ समुदायको नयाँ वर्ष तथा विशेष पर्व तमु ल्होछार आज मनाइँदै छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको हो ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । पुस १५ को रात सबैभन्दा लामो हुने र यसपछिका रात क्रमशः घट्दै जाने भएकाले पनि यस पर्वको महत्व छ ।

ल्होछारको अवसरमा आज गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएको छ भने काठमाडौंमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ।

तमु ल्होछारको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन् ।

‘हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पुँजीको रूपमा रहेका छन्। एकता र सहिष्णुताको यस पुँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ। विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ,‘नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्न भाषा, लिपी, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ। लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो। यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौं।’

१५ पुष २०७६, मंगलवार ११:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

फेरि ढाँटिए उखु किसान, सय करोड बक्यौतामा ८ करोड दिईयो

काठमाडौँ, ७ माघ । उखु किसानको बाँकी पैसा दिलाइदिन्छु भनेर सरकारले लिएको समय आज सकिएको छ । माघ ७ गतेसम्म सबै पौसा दिलाईदिने..

पर्यटन क्षेत्रमा वैदेशीक लगानी बढ्यो

निरोज कुमार थापा, काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा पर्यटन क्षेत्रमा विदेशी ह्वात्तै लगानी बढेको छ ।..

दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु..

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक..

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक..