भ्रमण वर्षमा पहिलो विदेशी पाहुनालाई सम्मान

झापा, १५ पौष । जनवरी १ मा पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरिने भएको छ । मेचीनगर नगरपालिकाले नाकामा विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गर्ने भएको हो । नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई नेपाली ढाकाटोपी, अबिर र मालाले सम्मान गरिनेछ । यस नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिन होर्डिङबोर्ड राख्ने र घरबासको व्यवस्थाका बारेमा जानकारी दिइने छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी झापाले भद्रपुर विमानस्थल भएर आउने पहिलो हवाईयात्रुलाई सम्मान गर्ने भएएको छ । झापाका पर्यटकीयस्थलको बारेमा जानकारी दिने र एकपटक घुम्नका लागि निम्तोसमेत दिने नेकपा झापाको तयारी छ ।

१५ पुष २०७६, मंगलवार ११:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..