केही दिन बर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १५ पौष । जल तथा मौसम पूर्वानुमान महाशाखाले फेरि बर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । भारतको जम्मु–कश्मिर माथि रहेको पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली आज अबेर रातीसम्ममा नेपालको पश्चिमी भेगमा प्रवेश गर्ने विभागले जनाएको छ ।

विभागका अनुसार यस प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना छ । प्रणाली बुधबार साँझसम्ममा सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत मध्यम देखी भारी हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार उक्त प्रणालीका कारण बुधबार र बिहिबार देशैभरी बदली भई तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने छ । बुधबार र बिहिबार देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू(भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना समेत रहेको विभागले जनाएको छ । यो प्रणालीले शुक्रबार समेत बर्षा÷हिमपात गराउने सम्भावना छ ।

१५ पुष २०७६, मंगलवार ०८:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..