स्थायी शान्ति र लगानीमैत्री वातावरणको शन्देस दिन भ्रमण वर्षः मन्त्री भट्टराई

निरोज कुमार थापा, काठमाडौँ, १४ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षका दिन दीपावली गर्न आग्रह गरेका छन् । भ्रमण वर्ष देशको प्रतिष्ठासँग जोडिएको भन्दै उनले उद्घाटनका दिन जनवरी १ तारिखमा दीपावली गर्न आग्रह गरेका हुन् ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ मनाउन लागिएका ‘नेपाल भ्रमण वर्ष २०२०’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले नेपालमा स्थायी शान्ति र लागनीमैत्री वातावरणको शन्देस विश्वसामू पुर्‍याउन भ्रमण वर्षले सहयोग गर्ने दाबी समेत गरे । उनले सन् २०२० देखि २०३० सम्मको अवधिलाई भ्रमण दशकको रुपमा मनाउने तयारी भईरहेको समेत जानकारी दिए ।

‘नेपाल भ्रमण वर्ष २०२०’को राष्ट्रपति विद्यादेवी भण्डारीले जनवरी १ (पौष १६) मा उद्घाटन गर्नेछिन् ।

१४ पुष २०७६, सोमबार १७:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..