पोखरा प्रिमियर लिगको च्याम्पियन बन्यो चितवन, फाइनलमा बिराटनगर स्तब्ध

पोखरा, १२ पौष । पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नेतृत्वको चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनको अन्तरले हराउँदै दोस्रो संस्करणको उपाधि उपाधि जितेको हो । गत संस्करणमा चितवन फाइनलमा पोखरा पल्टनसँग पारजित भएको थियो ।

२०३ रनको लक्ष्य पाएको बिराटनगरको सबै ओभरमा ७ विकेट गुमाएर १७० रन मात्रै बनाएको हो ।

टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । चितवनका रोहन मुस्तफा र अनिलकुमार साहले ५०÷५० रन बनाए । कप्तान पारस खड्का २५ रनमा आउट हुँदा बाबर हायात ५ रनमै पभेलियन फर्किए । अरिफ शेख १९ र सन्नी पटेल १६ रनमा आउट भएका थिए । अन्तिममा करण केसीले ८ बलमा दुई चौका र दुई छक्काको मद्दतमा अविजित २६ रन बनाए ।

१२ पुष २०७६, शनिबार १६:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट काठमाडौं आउँदा बा ४..

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..