हेलिकप्टरबाट पाथिभर दर्शन

रासस, इलाम, १२ पौष । इलामबाट धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान शुरु गरिने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सिम्रिक एयरले उडान शुरु गर्ने भएको हो । इलामको सूर्योदय नगरपालिका–११ को पूर्णे डाँडाबाट ताप्लेजुङका लागि उडान शुरु गरिने छ ।

पूर्वका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले इलामसहित पूर्वका तीन स्थानबाट ताप्लेजुङको पाथीभरासम्म हेलिकप्टर यात्रा गराउने उद्देश्यले उडान शुरु गरिएको सिम्रिकले जनाएको छ । धनकुटाको भेडेटार र ताप्लेजुङको सुकेटारबाट पुसको तेस्रो साताबाट ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गराउने सिम्रिकका प्रमुख कार्यकारी अधिकृत योगेश सापकोटाले जानकारी दिए ।

पूर्णे डाँडाबाट १५ देखि २० मिनेटमा पाथीभरा पुग्ने बताइएको छ । दर्शनार्थीले एक घण्टा पाथीभरामा बिताउने र त्यसपछि पुनः सोही स्थानमा ल्याएर छोडिने सिम्रिकका इलाम प्रतिनिधि प्रेमप्रसाद आचार्यले जानकारी दिए । पर्यटन वर्षमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पूर्वका स्थानमा नयाँ ‘उत्पादन’ थप गरेको सापकोटाको भनाई छ ।

सिम्रिकले इलामबाट २८ हजार ९९९ मा पाथीभराको दर्शन गराउने छ । त्यसैगरी भेडेटारबाट २९ हजार ९९९ मा र सुकेटारबाट ६ हजार ९९९ मा भ्रमण गराउने बताइएको छ । इलामबाट भने टिकट बुकिङ समेत शुरु भईसकेको छ ।

१२ पुष २०७६, शनिबार १५:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..