ए डिभिजन लिगः शेर्पालाई हराउँदै आर्मी तेस्रो स्थानमा

काठमाडौँ, ११ पौष । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मी विजयी भएको छ । सातदोबाटोमा आज भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गरेको हो । आजको जितसँगै आर्मी ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शेर्पा भने २ अंकसहित तालिकाको १० औंँ स्थानमा छ ।

आजको खेलमा आर्मीले कप्तान भरत खवासको गोलमा ५७ औंँ मिनेटमा अग्रता लियो । टेकबहादुर बुढाथोकीले ६१ औंँ मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाए । त्यसपछि कुनै पनि टिमबाट थप गोल नभएपछि आर्मी विजयी भयो । आजको खेलमा आर्मीका भरत खवास म्यान अफ द म्याच बने ।

११ पुष २०७६, शुक्रबार १५:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..