पीपीएलः बुटवललाई हराउँदै विराटनगर फाइनलमा

पोखरा, १० पौष । पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेटमा विराटनगर टाइटान्स फाइनलमा प्रवेश गरेको छ । सुनील धमलाको अर्धशतकीय पारीको मद्दतमा विराटनगर बुटवल बलास्टर्सलाई २१ रनले हराउँदै फाइनलमा पुगेको हो ।

विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्रै बनाउन सक्यो । बुटवलका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । आफ्ता बउदिन अहमेदले ४३ रन, पुरन बीकेले १५ र शिभम् सिंहले १४ रन बनाए ।

बलिङतर्फ विराटनगरका शाहव आलम र पुनित मेहेराले सर्वाधिक तीन–तीन विकेट लिए । किशोर महतो, जितेन्द्र मुखिया र मोहमद जाहिद आलमको नाममा एक–एक विकेट रह्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६५ रन बनाएको थियो । विराटनगरका लागि सुनीलले ५४ बलमा ६ चौका र २ छक्कासहित ६१ रन बनाए । कप्तान प्रदीप ऐरीले ३३, पुनित मेहेरा र लोकेश भामले समान १९–१९ रन बनाए ।

प्रतियोगीताको फाइनल खेलमा विराटनगर राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवनको सामना गर्नेछ ।

१० पुष २०७६, बिहीबार १७:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..