पीपीएलः धनगढी र पोखरा बाहिरिए

पोखरा, ८ पौष । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करणमा धनगढी एक्सपर्ट र पोखरा राइनोज प्रतियोगिताबाट बाहिरिएका छन् । पाँच खेलमा एक खेल मात्र जितेको पोखरा अङ्क तालिकाको पुछारमा छ । दुई खेल जितेको धनगढी पनि तालिकाको चौथो स्थानमा रहँदै प्रतियोगीताबाट बाहिरिएको छ ।

पहिलो स्थानमा रहेको चितवन राइनोज र तेस्रो स्थानमा रहेको काठमाडौँ गोल्डेन्सले आज लिग चरणको आफ्नो अन्तिम खेल खेल्दैछन् । आठ अङ्कसहित शीर्ष स्थानमा रहेको चितवन अहिलेसम्म अपराजित छ । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का नेतृत्वको चितवन फाइनलमा पुगिसकेको छ ।

राष्ट्रिय टिमका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौँ आजको खेलमा विजयी भए प्लेअफ पुग्ने सम्भावना कायम रहने छ । पराजित भए विराटनगर र बुटवलबीचको खेलको नतिजामा भर पर्नेछ ।

प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि शनिबार खेल्ने छन् ।

८ पुष २०७६, मंगलवार १२:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..