झारखण्डमा मोदीको पार्टी पराजित, मुख्यमन्त्रीले नै चुनाव हारे

एजेन्सी, ८ पौष । भारतको झारखण्ड विधानसभामा झारखण्ड मुक्ति मोर्चा (झामुमो), भारतीय नेसनल काँग्रेस र राष्ट्रिय जनता दल (आरजेडी) सम्मिलित गठबन्धनले बहुमत प्राप्त गरेको छ । ८१ सदस्यीय विधानसभामा गठबन्धनले ४७ स्थानमा जित हासिल गरेको छ । झामुमोले ३०, काँग्रेसले १६ र आरजेडीले १ स्थानमा जितेको छ ।

केन्द्रमा भारी बहुमत सहित सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) झारखण्डमा पारजित भएको हो ।

झारखण्डका मुख्यमन्त्री रघुबर दास आफैले चुनाव जित्न सकेनन् । दासलाई स्वतन्त्र उम्मेदवार सरयु रोयले पराजित गरेका हुन् । छ महिना पहिला भएको लोकसभा निर्वाचनमा भाजपाले ५० प्रतिशत भन्दा बढी मत ल्याएको झारखण्ड क्षेत्रमा विजयी भएका रोयले ७३ हजार ९४५ भोट पाउँदा मुख्यमन्त्री समेत रहेका दासले जम्मा ५८ हजार ११२ मत पाएका छन् ।

नेता रोयले दाससँगको असन्तुष्टिपछि भाजपा छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

८ पुष २०७६, मंगलवार १२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..