पोखरा प्रिमियर लिगः एक खेल अगावै चितवन प्ले अफमा

पोखरा, ७ पौष । पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज प्ले अफमा प्रवेश गरेको छ । एक खेल खेल्नु अगाडि नै चितवन प्ले अफमा पुगेको हो । चितवन आठ अङ्कसहित शीर्ष स्थानमा छ । प्रतियोगितामा सहभागी छ वटै टिमले एक एक खेल खेल्न बाँकी छ ।

बुटवल ब्लास्टर्स चार खेलमा तीनमा जीत निकाल्दै छ अङ्कसहित दोस्रो स्थानमा छ । काठमाडौँ गोल्डेन्स वारियर्स दुई खेलमा जीत तथा दुई खेलमा हार ब्यहोर्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

विराटनगर टाइटन, पोखरा पल्टन र धनगढी एक्सपर्ट चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । तीनै टोलीले एक खेलमा जित तथा तीन खेलमा हार ब्यहोरेका छन् । शीर्ष स्थानमा रहेको चितवनले मङ्गलबार लिग चरणको अन्तिम खेल काठमाडौँ गोल्डेन्ससित खेल्नेछ । उक्त खेलमा हार जीत जे भए पनि चितवन फाइनल पुग्नेछ ।

दोस्रो स्थानमा रहेको बुटवलले बुधबार विराटनगर टाइटन्ससँग खेल्नेछ । बुटवलले उक्त खेल जिते फाइनलमा पुग्नेछ । पराजित भए अरु टोलीको नतिजामा भर पर्नु पर्नेछ । काठमाडौंले अन्तिम खेलमा चितवनलाई हराउनैपर्ने बाध्यता छ । यदि काठमाडौँले चितवलाई हराएको अवस्थामा विराटनगर र पोखराको यात्रा समाप्त हुनेछ । चौथो स्थानमा रहेको विराटनगरले अन्तिम खेलमा बुटवललाई हराए पनि प्ले अफको यात्रा कठिन छ ।

पाँचौं स्थानमा रहेको पोखरा पल्टनले आज अन्तिम स्थानमा रहेको धनगढीसँग खेल्दैछ । धनगढी प्रतियोगिताबाट बाहिरिएको छ भने पोखराको पनि प्ले अफमा पुग्ने सम्भावना न्यून छ । मङ्गलबार चितवन र काठमाडौँबीच तथा बुधबार बुटवल र विराटनगरबीच लिग चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ ।

दश दिनअघि शुरु भएको पोखरा प्रिमियर लिगको विजेता टालीले २७ लाख पुरस्कार हात पार्नेछन् । उपविजेताले १० लाख पाउँनेछ । प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउनेछन् । मोस्ट भ्यालुएबल खेलाडीले एक लाख तथा उदियमान खेलाडीले ५० हजार पुरस्कार पाउनेछन् ।

७ पुष २०७६, सोमबार १०:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..