विद्यार्थीलाई हानेर बस भागेपछि चावहिल क्षेत्र तनावग्रस्त

काठमाडौँ, ७ पौष । चावहिलको पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई बसले ठक्कर दिएर भागेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । बिबिएस चौथो बर्षमा अध्ययन गर्ने सृष्टि पन्तलाई बा ७ ख ५९३० नम्बरको बसले सुकेधारामा ठक्कर दिएको हो ।

बसले ठक्कर दिएर भागेपछि आक्रोशित विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका छन् । विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका हुन् भने बा ३ ख ४४३३ नम्बरको बसमा समेत तोडफोड गरेका छन् ।

गाडीको ठक्करबाट घाइते पन्तको अहिले ओम अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

७ पुष २०७६, सोमबार १०:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..