सर्वपक्षीय सम्मेलन नै समस्या निकासको एक वैधानिक मार्ग – दिवाकर पन्त

हाम्रो प्यारो अनि पवित्र मातृभूमि आज अदूरदर्शी, निकृष्ट–स्वार्थी, अमर्यादित, पथभ्रष्ट नेताहरूको कर्तुत र कारण्ँले अप्रजातान्त्रिक, संवेदनहीनता, असंवैधानिक तथा अनुत्तरदायी भासमा जाकिन पुगेको छ, जुन चिन्ता र असैह्य पीडाको विषय हो । दलहरूले चाहेको भए मिलेर राजालाई आफ्नो स्थानमा राख्न नसक्ने कुरै थिएन । तर, यिनीहरूले विदेशी चाल र उग्रवामपन्थीको रण्ँनीतिक कुचक्र र लालसामा फसी राजसंस्थालाई सधैंका निम्ति बिदा गरी विचार नै नगरी कच्चा कामस्वरूप गण्ँतन्त्र र सङ्घीयता घोषणा गरे । जसले गर्दा त्यो संस्थाले खेलेको भूमिका र स्थान प्राप्त गर्ने न त कुनै दल देखियो, न त कुनै नेता, न त बीपीजस्ता नेता जीवित रहे न त नेल्सन मण्डेलाझैं कोही नेता देखापरे । यसरी हेर्दा नेपालमा भएको विगतका तमाम नयां नेपालको नामको काम सांच्चै भन्ने हो भने आत्मघाती थिए र हो भन्न हिचकिचाउनुपर्ने देखिंदैन । यो पङ्क्तिकारलाई लाग्छ, यी स्वार्थी नेताहरूले जनता र दुनियांलाई राजसंस्थालाई पुनः यथोचित स्थान दिने कुरालाई राजतन्त्र पुनर्बहाली भई लोकतन्त्र कमजोर हुने भन्ने अफवाह फैलाउन सफल भएका छन् । तर, वास्तवमा यो होइन, सांच्चै भन्ने हो भने राजसंस्थासमेतको सहयोगबाट लोकतन्त्र मजबुत गर्दै राष्ट्रियता र सार्वभौमिकतालाई चौतर्फी प्रहारबाट बचाउनु हो । कार्यकारी अधिकारविहीन राजसंस्था जसलाई संविधानमा नै प्रस्ट व्यवस्था गर्ने हो, लोकतन्त्रलाई कुनै खतरा हुने अवस्था हुंदैन तर ०४७ सालको संविधानमा कार्यकारी अधिकारजस्ता केही महक्ष्वपूर्ण अधिकार र भूमिका मन्त्रिपरिषद् र राजामा राखेको हुंदा नै परिस्थिति बिग्रन सहयोग पुग्न गएको हो भन्ने पङ्क्तिकारको ठम्याइ हो ।
अब हेरौं, वर्तमान अन्तरिम संविधान र अहिलेको जटिलताः संविधान–सभाभन्दा अर्को व्यवस्थाबाट संविधान बन्ने कल्पनै नगरिएको, दोहो¥याएर संविधानसभाको निर्वाचन गर्ने भन्ने सम्भावनाको कुनै प्रत्याभूति नगरिएको, संसद्को सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने, त्यसै हुंदा डा. भट्टराई स्वतः पदमुक्त भई कामचलाउमा परिण्ँत भएको, अब आउने व्यक्ति कसरी प्रधानमन्त्री हुने हो जब कि संसद् छंदै छैन । अर्को कुरो राजनीतिक सहमतिबाट प्रधामन्त्री बनाउने, नभए बहुमतबाट निर्वाचित गर्ने भन्ने छ संविधानमा तर संसद् नै छैन भने बहुमत भन्ने कसरी र कहां हुने र निर्वाचित भई राष्ट्रपतिले नियुक्त गर्ने हो ? फेरि राजनीतिक सहमति भन्नाले सबै दलहरूको सहमति हो कि मात्र सीमित केही नाम चलेका दलहरूबीचको सहमति हो यो कुन संविधान र आधारमा कसले कसरी निरुपण गर्ने हो र राजनीतिक र संवैधानिक वैधता प्राप्त हुने हो ? कुनै कुरा प्रस्ट, संवैधानिक र राजनीतिक प्रस्टता हुनसक्ने देखिंदैन । संविधान संशोधन नभई कुनै कामले संवैधानिकता पाउने देखिंदैन । कानुन मात्र अध्यादेशबाट ल्याउन वा संशोधन गर्न सक्ने हुन्छ तर संविधान संशोधन गर्न सकिंदैन ।
संविधानमा भएको बाधा–विरोध हटाउने राष्ट्रपतिको अधिकारबाट संविधानमा भएको व्यवस्था कार्यान्वयन गराउने सामान्य बाधा–विरोध हटाउन सकिने हुन्छ तर यसबाट संविधान नै परिवर्तन हुने गरी प्रस्तावनामा हेरफेर, नयां व्यवस्था थप्ने या पुरानो व्यवस्था हटाउने गर्न कदापि मिल्दैन । यदि मिल्ने हो भने नयां संविधान नै यसैअन्तर्गत जारी गरे कुरै खत्तम । तर, यो बिल्कुल हुन सक्दैन । यो बाधाविरोध भनेको संविधानमा भएको व्यवस्थाको कार्यान्वयन मात्र हो र यसबाट संविधान नै संशोधन हुने गरी आदेश जारी गर्न सकिंदैन, मिल्दैन फेरि यो ३० दिनभित्र संसद्मा पेस गरिसक्नुपर्छ भने संसद् नै नभएको अवस्थामा कहां पेस गर्ने । फेरि मत्रिपरिषद्को सिफारिसबेगर राष्ट्रपतिले जारी गर्न सक्दैनन्, मन्त्रिपरिषद् कामचलाउ भएकोले यस्ता महत्वपूर्ण सिफारिस गर्न हुने–नहुने, आदि–इत्यादि धेरै–धेरै संवैधानिक, राजनीतिक, लोकतान्त्रिकलगायत अनगिन्ती समस्या र चुनौती प्रस्ट देखिन्छन् जसको समाधान यी दलहरूबाट मात्रै हलुका रूपले हुन सक्दैन, मान्यता पाउने अवस्था हुंदैन ।
अतः राजनीतिक वैधता प्राप्त गरी त्यसैको माध्यमबाट संवैधानिक मान्यता प्राप्त हुनसक्ने बाटोमा लाग्नु आजको अनिवार्य अवस्था हो । यो भनेको सबै राजनीतिक शक्ति
(राजसंस्थासमेत), नागरिक समाजका प्रतिनिधिलगायत अन्य सरोकारवालासमेत रहेको बृहत् राजनीतिक गोलमेच–सम्मेलनको आयोजना गरी त्यसैको निष्कर्षको आधारमा भावी कार्ययोजना बनाई यसैको जरिया अन्तिममा जनतासमक्ष निर्वाचनको या जनमतसङ्ग्रहको माध्यमबाट राष्ट्रलाई संवैधानिक र लोकतान्त्रिक मार्ग प्रसस्त गर्नुपर्छ । योभन्दा अन्य उपयुक्त र वैधानिक बाटो अरू हुनसक्ने देखापर्दैन । अतः सम्बद्ध सबै यसतर्फ लाग्नु नितान्त आवश्यक छ ।

३१ श्रावण २०६९, बुधबार ०७:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..