धातुमा सुनको जलप लगाएर बेच्ने पक्राउ

रासस, सिराहा, ३ पौष । सुनको जलप लगाई अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले हिजो साँझ दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रुपमा अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवासी ३० वर्षीय कुलदीप कुमार गडेरी र सवैला नगरपालिका– १० मखनाहा निवासी २५ वर्षीय प्रदीप साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाले मिर्चैया नगरपालिका– ६ स्थित राधाकृष्ण ज्वेलर्स र शिव ज्वेलर्समा सुनका रुपमा अन्य धातुको लकेट बिक्री गरी चाँदीका बाला लिएका थिए । बाँकी रहेको वस्तुसमेत लिएर जाने बेलामा लकेटको सुन परीक्षण गर्दा सुनको जलपमात्र भएको खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल चौधरीले जानकारी दिए ।

राधाकृष्ण ज्वेलर्स सञ्चालक देवकृष्ण साह र शिव ज्वेलर्सका सञ्चालक सन्तोष महतोले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

३ पुष २०७६, बिहीबार १३:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..