नेकपाको सचिवालय बैठक सर्‍यो

काठमाडौँ, २७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ । आज बस्ने भनिएको बैठक भोलीका लागि सरेको हो । महासचिव विष्णु पौडेलका अनुसार सचिवालय बैठकमा मंसिर २९ गते सुरु हुने स्थायी कमिटीको बैठकका एजेन्डा के के राख्जे भन्ने विषयमा छलफल हुनेछ । बैठक भोलीका लागि तय भएपनि समय भने अझै तोकिएको छैन ।

मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी स्थायी कमिटी बैठकको एजेण्डा र एकीकरणका बाँकी काम लगायतबारे छलफल गर्न आजका लागि डाकिएको बैठक सरेको हो । उपनिर्वाचनको समीक्षात्मक प्रतिवेदन बुझाउन मंसिर २३ गते बसेको सचिवालयको बैठकले दोस्रो पटक सम्बन्धित कमिटीलाई निर्देशन दिएको थियो । समिक्षात्मक प्रतिवेदन आएपनि पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको व्यवस्तताको कारण आजको बैठक सरेको बताईएको छ ।

२७ मंसिर २०७६, शुक्रबार १४:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..