भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा नबनाएकोमा आपत्ति जनाएका छन् । उनले नयाँ नक्सा बनाउन सरकारलाई कसले रोक्यो भन्दै प्रश्न समेत गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेता रावलले प्रतीक चिन्हमा समेत भूमी नसमेटिएको भन्दै प्रतीक चिन्ह बनाउनेलाई कारबाही गर्न माग गरेका छन् ।

‘प्रतीक चिन्हमा हाम्रो भूभाग किन नराखेको ? प्रतीक चिन्हका निर्माता को हुन् ? कारवाही गर्नु पर्छ ।’ उनले भने । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र भूमिव्यवस्था मन्त्री पद्मा अर्याल समेत सहभागी बैठकमा नेता रावलले आक्रोशित हुँदै सोधे, ‘भारतले आफ्नो नक्सा सार्वजनिक गर्दा हामीले चाहिँ किन नगरेको ?, आफ्नो भ्रमी समेटेर नयाँ नक्सा बनाउन सरकारलाई कसले रोक्यो ?’

२७ मंसिर २०७६, शुक्रबार १४:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

एसिड छ्याप्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको..

सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा..

बुटवलमा २, चितवन र डडेल्धुरामा १-१ संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बुटवलमा २, चितवन र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना..

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..