चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण बदलीका साथै मध्य तथा पुर्वी भेगमा सामान्य बदली र पश्चिमका थोरै स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

३ दिनको मौसमी पूर्वानुमान यस्तो छः
शुक्रबारः

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षा हुनेछ। पश्चिमी उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ । देशका पश्चिमी भू–भागका केही स्थानमा हावा हुरीको संभावना छ ।

रातीः देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ । पश्चिमी उच्च पहाडी सहित हिमाली क्षेत्रहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भेगमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको छ ।

शनिबारः

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुनेछ । उच्च पहाडी सहित हिमाली भेगमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात हुनेछ ।

आइतबारः

दिउँसोः देशको पश्चिमी भेगमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भेगमा हल्का वर्षा हुने संभावना छ । हिमाली भेगमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ ।

रातीः पश्चिमी पहाडी भेगमा आंशिक देखि सामान्य बदली हुनुका साथै मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ । हिमाली भेगहरुमा हल्का हिमपात हुने देखिन्छ ।

२७ मंसिर २०७६, शुक्रबार ०९:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम..

एसिड छ्याप्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार..

सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा..

बुटवलमा २, चितवन र डडेल्धुरामा १-१ संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बुटवलमा २, चितवन र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना..

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न..