नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी इरान र अफगानिस्तानमा विकसित भएको पश्चिमी वायुको प्रणाली नेपाल छिरेको हो । हाल उक्त प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेको विभागले जनाएको हो । यस प्रणालीले नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात गराउने छ ।

हेर्नुस ३ दिनको मौसम पूर्वानुमानः

विहिबारः

दिउँसोः देशको पश्चिमी भुभागमा सामान्य देखि पूर्ण वदली साथै मध्य तथा पुर्वी भुभागमा सामान्य बदली रहनेछ । पश्चिम भेगका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

रातीः देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी तथा मध्य भेगका धेरै स्थानहरुमा साथै पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ ।

शुक्रबारः

दिउँसोः देश भर सामान्य देखि पूर्ण वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ ।

रातीः देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु साथै मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

शनिबारः

दिउँसोः देश भर आंसिक देखि सामान्य वदली रही मध्य तथा पुर्वका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

रातीः देशको पश्चिमी भुभागमा आंसिक देखि सामान्य वदली साथै मध्य तथा पुर्वी भू–भागमा आंशिक बदली रहनेछ । पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का हिमपात हुने सम्भावना छ।

२६ मंसिर २०७६, बिहीबार ०९:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..