बाबा रामदेवद्वारा अनसन तोड्ने घोषणा

नयांदिल्ली, ३० साउन । कालो धन र भ्रष्टाचारको मुद्दामा अनसन बस्ने क्रममा प्रहरी नियन्त्रणमा परेर पनि रिहा हुन अस्वीकार गरेका बाबा रामदेवले मंगलबार अनसन तोड्ने घेषणा गरेका छन् । आफ्ना अनुयायीसहित अंबेडकर स्टेडियममा धर्ना बसेका रामदेवले त्यहींबाट अनसन तोड्ने घोषणा गरेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हिजो सोमवार संसद भवन घेराउको प्रयास गर्दैगर्दा प्रहरी हिरासतमा परेका रामदेव तथा उनका अनुयायीहरु त्यसपश्चात् अंबेडकर स्टेडियममै धर्नामा बसेका थिए । अचानक रामदेवले अनसन तोड्ने घोषणा किन गरे र कांग्रेस नेतृत्वको गठबन्धन सरकारप्रति कसरी उनी पग्लिए भन्ने खुल्दुली पैदा भएको समाचारमा जनाइएको छ ।

३० श्रावण २०६९, मंगलवार १४:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..