मन्त्री नेम्वाङको ५ निर्णयपछि सुरु भयो जोरपाटी–सुन्दरीजल सडकको काम

काठमाडौँ, २२ मंसिर । जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ५ निर्णय गरेसँगै सडक विस्तारको काम सुरु भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङको पहलमा ५ निर्णय भएपछि काम सुचारु भएको हो ।

जोरपाटी सुन्दरीजल सडक क्षेत्रमा पर्ने घरटहरा र रुखहरु हटाउन सुरु गरीएको छ । मन्त्रालयले गोकर्णेश्वर नगरपालिकालाई सडक विस्तारको जिम्मा दिएको छ । ७ किलोमिटर रेहेको उक्त सडकखण्डको नगरपालिकाका प्राविधिकहरुको टोलिले २२ मिटर चौडा हुनेगरी नापजाँच गरी कामको थालनी गरीएको हो ।

केन्द्रिय योजनामा परेको उक्त सडक ०७३ असारमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार ०७५ असारमा सक्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले सम्झौता अनुसार काम नगरेपछि स्थानीयले आन्दोलन समेत गर्दै आएका थिए ।

बिहीबार मन्त्रालयले त्यस क्षेत्रका संसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फूएल, विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रतिनिधि लगायतको उपस्थितिमा उक्त निर्णय भएको थियो ।

पाँच निर्णयहरुः

१) १ महिना भित्र गोकर्णेश्वर नगरपालिकाले जोरापाटी सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुखहरु हटाउनु पर्ने,

२) विद्युतका पोलहरु हटाउने सम्बन्धमा विद्युत प्राद्यिकरणले तत्काल कार्य सुरु गर्ने,

३) सडकमा पर्ने टेलिफोनका तारवार व्यवस्थापन गर्ने जिम्मा नेपाल टेलिकमले लिने,

४) खानेपानी तथा सरसफाईसँग समन्वय गर्ने र

५) ०७७ असार मसान्त सम्म ठेकेदार कम्पनी (आषिस सिएम जेभी कम्पनी)ले साइड क्लियर भएका स्थानमा कालोपत्रे गरीसक्नु पर्ने

२२ मंसिर २०७६, आईतवार ०९:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..