२० लाख पर्यटक भित्र्याउन अमेरिकी पत्रकारले दिए यस्ता ‘फर्मूला’

काठमाडौँ, २२ मंसिर । क्रिस्टोफर फाउण्डेशन नेपालले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सहयोग गर्ने घोषणा गरेको छ । फाउण्डेशनले भ्रमण वर्षमा नेपाल सरकारले लिएको २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई थप सहयोग गर्ने प्रतिवद्धता जनाएको हो ।

पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय क्षेत्रमा मिडियो रिलेशनसिपमा स्थापित् भएका डिजिटल मिडियाका अमेरिकन लेखक तथा पत्रकार क्रिस्टोफर नोयलले नेपालको बारेमा अध्ययन तथा अनुशन्धान गरेर हाँसिल गरेको अनुभव सुनाएका थिए । उनले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन सकिने ‘मेथोड’ पनि सुनाएका छन् ।

उनले आफ्नो मुख्य काम भनेको नै पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि कलम चलाउने भएको सुनाए । उनले भने,‘मैले विश्वका धेरै देशमा बसेर पर्यटनसम्बन्धी काम गरेको छु । ईक्वेडरको सरकारसँग त मैले मिलेर काम गरेको छु । आईसल्याण्ड, म्यानमार, अफ्रिकामा बसेर त्यहाँको पर्यटन विकासको लागि काम गरेको छु ।’

उनले आफू सन् २०१५ मा पहिलोपटक नेपाल आएको सुनाए । उनले थपे,‘म नेपालमा पहिलोपटक आउँदा यहाँ भुकम्प गएको थियो । अमेरिका, अष्ट्रेलिया र बेलायतबाट नेपाल आएका धेरै पर्यटकहरुले अन्नपूर्ण, सगरमाथाको बारेमा थाहा छ, तर उनीहरुलाई अरु ठाउँको बारेमा छैन् । त्यसैले यीबाहेक नयाँ पर्यटकीय गन्तव्यपनि पहिचान गर्नुपर्छ ।’ उनले थपे,‘मिडिया भनेको शक्तिशाली स्रोत र साधन हो । यदि मिडियाले बर्दिया जानुहोस, त्यहाँ रमणीय ठाउँ छ भनेर लेख्यो भने पर्यटकहरु त्यहाँ जान्छन् । यदि हामीले काठमाडौंमै बस्नुहोस् भनेर लेख्यौं भने उनीहरु यहीँमात्रै बस्छन् । त्यसैले हाम्रो भूमिका पनि महत्वपूर्ण छ ।’

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरु भित्र्याउन उनले फोर ‘ए’ अर्थात् चारवटा ‘ए’ लाई अघि सारेका छन् । जसमध्ये एट्रयाक्शन, एक्सेस, एकोमोडेसन र एडभर्टाईजिङ रहेका छन् ।

उनले नेपालमा धेरै हिमालहरु रहेकोले ती सबैको आकर्षणको बारेमा प्रचारप्रचार गर्नुपर्ने बताए । त्यस्तै, दोस्रो कुरामा उनले एक्सेस अर्थात पहुँच दिनुपर्ने बताए । त्यसमा भने विमानस्थललगायतका सुविधाको कुरा उल्लेख गरे ।

त्यस्तै, उनले अघि सारेको अर्को सूत्रमा एकोमोडेसन रहेको छ । जसमा राम्रो होटललगायतको सुविधा रहेको छ । चार चौथो सूत्रमा रहेको एडभर्टाईजिङ रहेको छ । यसको लागि सशक्त माध्यम भनेको नै मिडिया भएको उनको तर्क छ । नेपालको पर्यटन क्षेत्रको विकासको लागि मिडियाले सशक्त भूमिका निर्वाह गर्नसक्ने बताए ।

२२ मंसिर २०७६, आईतवार ०९:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..