सागः फुटबलको फाइनल पुग्न बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौँ, २२ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुने खेलमा दुवै टिम फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रदैछन् ।

नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्नेछ भने बंगलादेशलाई फाइनल पुग्न जित्नैपर्ने दबाब छ ।नेपाल बंगलादेशलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा रहेर फाइनल पुग्ने दाउमा छ । भुटान ४ खेलबाट ९ अंक जोड्दै यसअघि नै फाइनलमा पुगिसकेको छ ।

नेपालको ३ खेलबाट ७ अंक छ भने बंगलादेशको ३ खेलबाट जम्मा ४ अंक छ । आजको खेलमा बंगलादेशले नेपाललाई हराएमा समान अंक हुने भएपनि हेड टु हेड लागु हुने भएकाले बंगलादेशलाई फाइदा पुग्नेछ ।

२२ मंसिर २०७६, आईतवार ०९:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोजमा २५..

ऋण तिर्न नसकेपछि सन्तानसहित त्रिशुलीमा हाम फाल्यो विनयको परिवार

काठमाडौँ, ५ माघ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि एक दम्पति सन्तानसहित त्रिशुलीमा हाम फालेका छन् ।..

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..