अन्तरघातीलाई कारबाही नभएसम्म काँग्रेस हारिरहन्छः सभापति देउवा

बुटवल, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्ने पार्टी भित्रका नेतालाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता दाहोर्याएका छन् । अन्तरघातीलाई कारवाही नगरिएसम्म पार्टीले चुनाव नजित्ने भन्दै उनले पार्टीमा बसिरहने र अन्तरघात गरिरहनेलाई अब छुट नहुने बताए ।

कांग्रेस नगर समिति सिद्धार्थनगरको नगर भेलामा देउवाले ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ’ भने । उपनिर्वाचनमा कांग्रेसले धरानको उपमहानगरमा चुनाव जितेकोप्रति देउवाले ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता होे’ भने ।

२१ मंसिर २०७६, शनिबार १७:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..