८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको काज सरुवा गरेको हो । प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्साल तानिएको छ ।

सर्लाहीका गोपाल चन्द्र भट्टराई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा तानिँदा सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेल जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रे र काभ्रेका जयराज सापकोटालाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर पठाईएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा ल्याईएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका रविन्द्र रेग्मीलाई जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको छ ।

डिएसपीतर्फ साईबर ब्यूरो काठमाडौंका यादव ढकाल, महानगरीय प्रहरी वृत्त बालाजुका बाल नरसिंह राणा, महानगरीय प्रहरी वृत्त थानकोटका कुमार विक्रम थापा, महानगरीय प्रहरी परिसर भक्तपुरका रेवतीरमण पोखरेल, महानगरीय प्रहरी वृत्त सातदोबाटोका गौतम मिश्र र प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका शरतकुमार थापा क्षेत्रीको सरुवा भएको छ ।

हेर्नुहोस् सूचीः

२१ मंसिर २०७६, शनिबार १५:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..