नेपाली क्रिकेटले सागमा स्वर्ण जित्ने सपना सक्यो

काठमाडौँ, २१ मंसिर । काठमाडौँमा जारी दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) अन्तर्गत क्रिकेटमा नेपालले स्वर्ण पदक जित्ने सपना सकाएको छ । आजको खेलमा बंगलादेशको यू–२३ टिमसँग ४४ रनले हारेसँगै नेपालको स्वर्ण जित्ने सपना टुटेको हो । नेपालले अब काश्य पदकका लागि खेल्नेछ ।

बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १११ रन मात्रै बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४३, उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ रन बनाए । पूर्व कप्तान पारस खड्का ९ र रोहितकुमार पौडेल ८ रन बनाएर आउट भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । लिङतर्फ पूर्वकप्तान पारस खड्काले ३ विकेट लिदा पनि हार टार्न सकेनन् । उपकप्तान दिपेन्द्र सिंह ऐरीले २ र अभिनास बोहोराले १ विकेट लिए ।

२१ मंसिर २०७६, शनिबार १३:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..