सिद्धबाबामाथि अनुसन्धान गर्न ७ दिनको म्याद

सुनसरी, २० मंसिर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीमाथिको आरोपबारे छानबिन गर्न प्रहरीले थप ७ दिनको म्याद पाएको छ । गत सोमबार ४ दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालतबाट शुक्रबार थप ७ दिनको दिनको म्याद थप गराएको हो ।

‘माइनर हर्टएट्याक’का कारण विराट नर्सिङहोममा उपचाररत गिरीलाई शुक्रबार एम्बुलेन्समा हालेर अदालत पुर्‍याईएको थियो । अनुसन्धानका लागि अदालतले ७ दिनको समय दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अदालतबाट म्याद थप गराएपछि उनलाई विराट नर्सिङहोममै उपचारका लागि लगिएको छ ।

सुनसरीको चतरा धाममा जगतगुरु श्रीरामानन्दचार्य सेवापिठ सञ्चालन गरिरहेका गिरीमाथि अनुयायी महिलाले बलात्कारको आरोप लगाएपछि उनी पक्राउ परेका थिए ।

२० मंसिर २०७६, शुक्रबार १७:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..