उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका छन् । सीमा बचाऔं अभियानका अभियानकर्मीहरूले तयार पारेको नक्सा ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेलले सीमा विवादमा वर्तमान सरकारलाई दोष नलगाउन आग्रह गरे ।

‘सीमा विवाद हिजोदेखिकै हो, केपी ओली सरकारको पालामा आएर यस्तो भएको नभन्नुहोला’, उपप्रधानमन्त्री पोखरेलले भने । उपप्रधानमन्त्री पोखरेलले नेपाली भूभाग लिम्पियाधुरासम्मै रहेको भएपनि पछि गायब भएको बताए । ‘चुच्चो नक्सा कुन बेलादेखि गायब भयो छाम–छाम छुमछुम गर्ने हो भने परैसम्म पुगिन्छ’ उनले भने ।

अभियानका संयोजक भैरव रिसाल, डा. द्वारिकानाथ ढुंगेल, सोनाम साथी, हिरण्यलाल श्रेष्ठ, कमल बराललगायतले सुगौली सन्धिअनुसारको पश्चिम नेपालको सीमा कायम भएको नक्सासहित उपप्रधानमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए ।

२० मंसिर २०७६, शुक्रबार ११:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोजमा २५..

ऋण तिर्न नसकेपछि सन्तानसहित त्रिशुलीमा हाम फाल्यो विनयको परिवार

काठमाडौँ, ५ माघ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि एक दम्पति सन्तानसहित त्रिशुलीमा हाम फालेका छन् ।..

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..