डिस्चार्ज भए प्रधानमन्त्री, सरकारले तिर्‍यो साढे २ लाख उपचार खर्च

काठमाडौँ, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज भएका छन् । १० दिन लामो अस्पताल बसाई सकेर प्रधानमन्त्री ओली आज सरकारी निवास बालुवाटार फर्किएका हुन् ।

प्रधानमन्त्री ओली गत १० गते महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । अस्पतालमा ओलीको एपेन्डिसाइटिसको शल्यक्रियासहित ४ पटक डायलासिस गरिएको थियो ।

प्रधानमन्त्रीको उपचार वापत अस्पतालले साढे २ लाख बढी खर्चको बील उठेको जनाएको छ । उनको उपचार वापत २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ ४९ पैसा उठेको अस्पतालले जनाएको छ । सबै खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तिरेको छ ।

१९ मंसिर २०७६, बिहीबार १७:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम..

एसिड छ्याप्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार..

सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा..

बुटवलमा २, चितवन र डडेल्धुरामा १-१ संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बुटवलमा २, चितवन र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना..

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न..