प्रधानमन्त्री आज डिस्चार्ज हुँदै

काठमाडौँ, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो ३ः०० बजे डिस्चार्ज हुने भएका छन् । त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई आज दिउँसो डिस्चार्ज गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी छन् । प्रधानमन्त्रीको गत मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । आज डिस्चार्ज भएर प्रधानमन्त्री ओली बालुवाटार फर्कने छन् ।

१९ मंसिर २०७६, बिहीबार १४:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम..

एसिड छ्याप्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार..

सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा..

बुटवलमा २, चितवन र डडेल्धुरामा १-१ संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बुटवलमा २, चितवन र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना..

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न..