नेपाल एयरलाइन्सले पायो चीनमा उडानको अनुमति

काठमाडौँ, १९ मंसिर । चीनले नेपालको राष्ट्रिय ध्वजा बाहक नेपाल वायु सेवा निगमलाई उडान अनुमति दिएको छ । नेपाल एयरलाइन्सले चीनको ग्वाङ्झाउमा उडानका लागि अनुमति मागेको थियो । एनएसीका अपरेशन विभाग प्रमुख वरिष्ठ पाइलट दीपु ज्वारचनका अनुसार चीनले नेपाल एयरलाइन्सको सेफ्टी अडिट नगरी उडान अनुमति दिएको हो ।

एनएसीले निकट भविष्यमा नै उडानको मिति तय गर्ने जनाएको छ ।

नेपाल एयरलाइन्ससँग हाल ४ वटा जहाज छन् । ती जहाजबाट निगमले अहिले ८ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । नेपाल अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को सुरक्षा चासोको सूचीबाट हटिसकेका कारण इयूको कालोसूची रहेपनि चीनले उडान अनुमति दिएको हो ।

१९ मंसिर २०७६, बिहीबार १३:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..