साग क्रिकेटः नेपालसँग हार्‍यो भुटान

काठमाडौँ, १९ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको क्रिकेटमा नेपालले भुटानलाई १४१ रनको भारी अन्तरले हराएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३६ रनको विशाल योगफल खडा गरेको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाए । टी–२० मा पहिलो शतक बनाएका मल्ल कप्तानको रुपमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्काले टी–२० मा शतक बनाएका थिए ।

त्रिवि क्रिकेट मैदानमा ज्ञानेन्द्र र पारसको जोडीले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरे । पारसले २८ बलमा ९ चौका र १ छक्का प्रहार गरेका थिए । रोहितकुमार पौडेल ६ रन बनाए आउट भए । कप्तान मल्लले ५३ बलमा १०७ रन बनाए । उप कप्तान दीपेन्द्रसिंह ऐरी ४५ रनमा नट आउट हुँदा आरिफ शेख ४ रनमा अविजित रहे ।

जवाफ ब्याटिङमा उत्रिएको भुटान २० ओभरमा ६ विकेट गुमाएर ९५ रनमा रोकियो ।

१९ मंसिर २०७६, बिहीबार १२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..