गीत मार्फत भ्रमण वर्ष प्रचारको तयारीमा सचिवालय

निरोज कुमार थापा, काठमाडौँ, १९ मंसिर । ‘नेपाल भ्रमण वर्ष २०२०’को प्रचार गर्न सरकारले गीत संगीतको पनि प्रयोग गर्ने भएको छ । भ्रमण वर्षको प्रचार गर्न भ्रमण वर्ष सचिवालयले आधिकारिक गीत रचना गर्न आहृवान समेत गरेको छ । पर्यटकीय गन्तव्य नछुट्ने गरी गीत रचना गर्न आहृवान गरिएको सचिवालयले जनाएको छ ।

सुन्दरता, कला, संस्कृति, धर्म र प्राकृतिक सौन्दर्यता झल्कने शब्द राखेर गीत रचना हुनुपर्ने सचिवालयले जनाएको छ । सचिवालयले उत्कृष्ट गीतलाई पुरस्कृत गर्नेछ ।

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ रुपमा मनाउँदैछ ।

१९ मंसिर २०७६, बिहीबार १०:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्थाको..

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक..

ऋण तिर्न नसकेपछि सन्तानसहित त्रिशुलीमा हाम फाल्यो विनयको परिवार

काठमाडौँ, ५ माघ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि एक दम्पति सन्तानसहित त्रिशुलीमा हाम फालेका छन् ।..

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..