प्रधानमन्त्रीको दूत बनेर भारत जान पाएनन् माधव नेपाल

निरोज कुमार थापा, काठमाडौँ, १८ मंसिर । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतले सार्वजनिक गरेको आफ्नो देशको नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषयमा कुरा गर्न प्रधानमन्त्रीका विशेष दूत बनेर दिल्ली जान लागेका नेपालको भ्रमण हाललाई रोकिएको हो । भारतीय पक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न समय नदिएपछि पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भारत भ्रमण रोकिएको हो ।

मंसिर ४ गते बसेको नेकपा सचिवालय बैठकमा माधव नेपाललाई विशेष दूतको रुपमा दिल्ली पठाउने बारे छलफल भएको थियो । बुधबारको सचिवालय बैठकमा नेता नेपालले भारतीय पक्षले कार्यकारी प्रमुखसँग भेट गर्न समय नदिएको बारे ब्रिफिङ गरेका हुन् ।

भारतीय नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र परेपछि नेपालमा भारतको उक्त कदमको ब्यापक आलोचना भएको छ ।

१८ मंसिर २०७६, बुधबार १६:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..