साग फुटबलः नेपालको सानदार सुरुवात

काठमाडौँ, १७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको फुटबल खेलमा भुटानलाई हराउँदै नेपालले सानदार सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले हरायो ।

नेपालका तर्फबाट सुजल श्रेष्ठले २, अभिषेक रिजाल र मिक्चेन तामाङले फ्रि–किकमार्फत् लोभलाग्दो गोल गरे ।

पहिलो हाफको ५ मिनेटमै सुजल श्रेष्ठको गोलमार्फत अग्रता बनाएको नेपालले दोस्रो हाफको ५२ मिनेटमा पनि श्रेष्ठकै गोलमार्फत अग्रता दोब्बर बनाएको थियो । खेलको ६५ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल गरे । ७६ मिनेटमा मिक्चेन तामाङले गोल थपेपछि नेपालले फराकिलो गोल अन्तरले जित हासिल गरेको हो ।

१७ मंसिर २०७६, मंगलवार १६:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..