मेस्सीले जिते किर्तीमानी बालोन डी’ओर अवार्ड

एजेन्सी, १७ मंसिर । बार्सिलोनाका कप्तान एवम् अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले छैटौँ पटक बालोन डी’ओर अवार्ड जितेका छन् । उनले लिभरपुलका भर्जिल भान डाइक र युभेन्टसका खेलाडी एवम् पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उपाधि जितेका हुन् । योसँगै मेस्सीले सबैभन्दा धेरै बालोन डी’ओर अवार्ड जित्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । रोनाल्डोले पाँच पटक यो उपाधि जितेका छन् ।

खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारको मतका आधारमा प्रदान गरिने अवार्डमा लिभरपुलका डाइक दोस्रो र युभेन्टसका रोनाल्डो तेस्रो स्थानमा रहे ।

फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यो अवार्ड मेस्सीले पहिलो पटक २००९ मा जितेका थिए । त्यसपछि २०१०, २०११, २०१२ र २०१५ पनि उनले यो अवार्ड जितिसकेका थिए ।

१७ मंसिर २०७६, मंगलवार ०९:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..